औषधिको कालोबजारी गरेकाे अभियाेगमा फार्मेसी सञ्चालक पक्राउ

विराटनगर । मोरङमा औषधिको कालोबजारी गरेकाे अभियाेगमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ । दुईवटा खाता बनाई औषधिमा कालो बजारी गरी ठगी गरेकाे पाइएपछी फार्मेसीका संचालक रबिन्द्र महतोलाई पक्राउ गरेको प्रहरीले  जनाएकाे छ ।

उनी विराटनगर महानगरपालिका-३ विराटनगर अस्पताल अगाडिको पश्चिमबासी फार्मेसीका संचालक हुन् । सिरहाको धनगढीमाई नगरपालिका-७ फुलकाहाकट्टी घर भएका २२ वर्षीय महतोले सेवाग्राहीसँग औषधीमा खातामा बढि मूल्य राख्ने गरेको फेला परेपछि पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मोरङका डिएसपी मानबहादुर राईले बताए ।

सिरहा बरियारपट्टी गाउँपालिका ३ का ४५ वर्षीय राम नारायण मुखियालाई बैशाख २५ गते देखि ३० गतेसम्म फार्मेसीमा औषधि बिक्री गर्दा २ वटा खाता बनाई एउटा खातामा औषधिको वास्तविक मूल्य लेख्ने र अर्को खातामा बढि मूल्य लेखेको प्रमाणसहित प्रहरीले पक्राउ गरेको हो । खातामा दुई खालको मूल्य राख्ने र ग्राहकलाई त्यही बढि मुल्यको खाता देखाई औषधिको बढि मूल्य लिने गरेको सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले महतोलाई पक्राउ गरेको हो ।

फार्मेसीबाट नै पक्राउ परेका महतोलाई कालोबजार तथा केही अन्य सामाजिक अपराध तथा सजाय ऐन, २०३२ बमोजिम थप अनुसन्धान कार्य भई रहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

प्रहरीले पक्राउ गरेको यस्तो धन्दा पहिलो भने हैन । धेरै अस्पतालका अगाडि रहेको फार्मेसी संचालकले दोहोरो मूल्य राख्नेर बढी मूल्य सेवाग्राहीसँग असुल्ने गरेको धेरै गुनासा आउने गरेको छ । कतिपय अस्पतालले अस्पताल प्रशासन तथा स्वास्थ्यकर्मीसँगको मिलेमतोमा समेत यस्तो धन्दा गर्ने गरेको सेवाग्राहीको गुनासो छ ।

यस्ता घटना विशेषगरी उधारोमा औषधि दिन तयार रहने फार्मेसीहरुले गर्ने गरेको गुनासो सेवाग्राहीको छ । विराटनगरका ठुला भनिएका नोबेल, विराट, न्युरोलगायतका अस्पताल नजिक रहेका फार्मेसीबाट बढी समस्या आउने गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *