राष्ट्रीय सभा उपनिर्वाचन
बादललाई हराउँदै देवकाेटा विजयी
२०७८ जेठ ६ गते

काठमाडाै । राष्ट्रीय सभा सदस्यमा डा खिमलाल देवकाेटा विजयी भएका छन् ।
नेकपा एमालेका उम्मेदवार रामबहादुर थापा बादललाई हराउँदै नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रलगायत दलका साझा उम्मेदवार देवकोटा राष्ट्रिय सभा सदस्य निर्वाचित भएका हुन्।
विहीबार भएको मतदानपछिकाे मतगणनामा देवकोटाले पाँच हजार ८८ मतभार पाए । बादलले ४ हजार १४ मतभार पाए। यस्तै, नेपाल मजदुर किसान पार्टीका तर्फबाट उम्मेद्वार बनेका कृष्णबहादुर तामाङले १३२ मतभार पाए।
देवकोटालाई नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), जनता समाजवादी पार्टी (जसपा)र एमालेको माधवकुमार नेपाल पक्षको समर्थन थियो।
बादलले भने एमालेको केपी शर्मा ओली पक्षसँगै राष्ट्रिय प्रजातन्त्र पार्टीको समर्थन थियाे । विवेकशील साझा पार्टीले मतदानमा भाग लिएकाे थिएन ।
२०७८ जेठ ६ गते
प्रतिक्रिया
सम्बन्धित








