आयुर्वेदीय औषधिहरूको भ्रामक प्रचार नगर्न आयुर्वेद चिकित्सा परिषद्को आग्रह

काठमाडौं । आयुर्वेद चिकित्सा परिषद्मा दर्ता नभएका अनधिकृत व्यक्तिहरूलाई कोभिड-१९ को उपचारसम्बन्धी अनावश्यक दावी गर्ने र आयुर्वेदीय औषधिहरूको भ्रामक प्रचार नगर्न परिषद्ले आग्रह गरेको छ ।

बिहीबार सूचना जारी गरी परिषद्ले दर्ता नभएका अनधिकृत व्यक्तिहरूबाट आयुर्वेद एवं जडिबुटी विज्ञको रुपमा कोभिड-१९ को उपचारको अनावश्यक दावी गर्ने गरेको र आयुर्वेदीय औषधिहरूको भ्रामक प्रचार गर्ने गरेको पाइएकाले यस्ता अवाञ्छित गतिविधिहरू नगर्न आग्रह गरेको हो ।

त्यस्तै चिकित्सा विभागद्वारा जारी ‘नेपालमा कोभिड-१९ को रोकथामका उपाय तथा व्यवस्थापनको लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सासम्बन्धी निर्देशिका’ को आधारमा राय दिन तथा रोगको उपचार, निदान इत्यादि विषयमा अभिव्यक्ति दिनसमेत परिषद्ले आग्रह गरेको छ ।

No description available.

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × one =