निम्बसद्वारा नेपाल प्रहरीलाई स्वास्थ्य सामग्री हस्तान्तरण
२०७८ जेठ ६ गते

काठमाडौं । निम्बस कम्पनी नेपालले नेपाल प्रहरीका लागि विभिन्न स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ ।
प्रहरी प्रधान कार्यालयमा बिहीबार आयोजित एक कार्यक्रमबीच कम्पनीका प्रबन्ध निर्देशक आनन्दकुमार बगरियाले प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीलाई १ लाख थान सर्जिकल मास्क, १० हजार थान एन-९५ मास्क र ८० लिटर स्यानिटाइजर हस्तान्तरण गरेका हुन् ।
देशभर कार्यरत प्रहरीका लागि प्रोटेक्ट ब्रान्डको मास्क र स्यानिटाइजर उपलब्ध गराउने कम्पनीको नीति अनुरुप पहिलो चरणमा उक्त सामग्री उपलब्ध गराइएको प्रबन्ध निर्देशक बगरियाले बताए ।
२०७८ जेठ ६ गते
प्रतिक्रिया
सम्बन्धित








