पीएसजी बन्यो फ्रेन्च कपको च्याम्पियन
२०७८ जेठ ६ गते

काठमाडौँ । पीएसजीले फ्रेन्च कपको उपाधि जितेको छ । गएराती भएको फाइनल खेलमा मोनाकोलाई २-० गोल अन्तरले पराजित गर्दै पीएसजीले कोप डे फ्रान्स (फ्रेन्च कप)को उपाधि जितेको हो ।
पीएसजीको जितमा माउरो इकार्डीले खेलको १९औं मिनेटमा र किलियन एम्बाप्पेले खेलको ८१औं मिनेटमा एक एक गोल गरेका थिए । यस खेलमा नेइमार भने खेलेका थिएनन् । नेइमारले अघिल्लो खेलमा पहेलो कार्ड पाएकोले यस खेलका लागि प्रतिबन्ध लगाइएको थियो ।
योसँगै पीएसजीले १४औ पटक फ्रेन्च कपको उपाधि जितेको छ । पीएसजी फ्रेन्च कप अहिलेसम्म सबैभन्दा बढी पटक जित्ने क्लब पनि हो । पीएसजीपछि मार्सेलीले १० पटक यो उपाधि जितेको छ ।
२०७८ जेठ ६ गते
प्रतिक्रिया
सम्बन्धित








