गण्डकी प्रदेश

४ मन्त्रीद्वारा शपथ ग्रहण, मनाङ्गे अनुपस्थित

काठमाडौं । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरूङले मन्त्रिपरिषद् विस्तार गरेका छन् । यसपछि ४ मन्त्रीले शपथ ग्रहणसमेत गरिसकेका छन् ।

बुधबार (आज) आर्थिक मामिला तथा योजना मन्त्रालयको जिम्मेवारी पाएका किरण गुरुङसँगै रामशरण बस्नेत, विकास लम्साल र नरदेवी पुनले बिनाविभागीय मन्त्रीका रुपमा शपथ लिएका हुन् । उनीहरुलाई प्रदेश प्रमुख सीता पौडेलले पद तथा गोपनीयताको शपथ ग्रहण गराएकी हुन् ।

युवा तथा खेलकुद मन्त्रालयको जिम्मेवारी पाएका राजीव गुरुङ उर्फ दीपक मनाङ्गे भने शपथ ग्रहण कार्यक्रममा अनुपस्थित रहे । उनले आफू विशेष कामले बाहिर रहेको जानकारी मुख्यमन्त्रीलाई गराएका थिए ।

यसअघि बस्नेत भौतिक पूर्वाधार, लम्साल उद्योग पर्यटन वन तथा वातावरण र पुन सामाजिक विकासमन्त्री थिए । कोरोना संक्रमित भएर होम आइसोलेसनमा रहेका बेला वैशाख २९ गते मुख्यमन्त्रीमा नियुक्त भएका पृथ्वी सुब्बा गुरुङले त्यसै दिन मन्त्रिपरिषद् विस्तार गर्न चाहेपनि स्वास्थ्यका कारण पछि सारेका थिए । मुख्यमन्त्री गुरूङ अहिले पनि होम आइसोलेसनमै छन् ।

मुख्यमन्त्री गुरूङले सामाजिक विकास मन्त्रालय फुटाएर दीपक मनाङ्गेलाई युवा तथा खेलकुद मन्त्री बनाएपछि मन्त्रालयको संख्या आठ पुगेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *