हिउँमा चिप्लिएर एक जनाको मृत्यु

विराटनगर । सोलुखुम्बुमा ट्रेकिङ गएका एक पैदलयात्रीको मृत्यु भएको छ । सोलुखुम्बुको पासाङल्हामु गाउँपालिका-४ को बेशक्याम्प २ मा पुगेर आधार शिविरतर्फ फर्कने क्रममा हिउँमा चिप्लेर मृत्यु भएको हो ।

मृत्यु हुनेमा संखुवासभा याफुका २८ वर्षीय पेम्बा टासी शेर्पाको रहेको प्रहरीले जनाएको छ । मृतक शेर्पाको शव उनकै साथीहरुले उद्धार गरी आधार शिविरमा राखेपछि हेलिकोप्टरमार्फत लुक्ला लगिएको प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *