‘विराटनगरमा छैन अक्सिजन अभाव, बजारमा हल्लामात्रै’

विराटनगर । विराटनगरमा रहेका अक्सिजन ग्यासको दुई ठुला डिपोमा विराटनगरका लागि पुग्ने पर्याप्त मात्रामा अक्सिजन रहेको पाइएको छ । बजारमा गलत हल्ला चलाएर अक्सिजनको अभाव देखाउने गरिएको तर डिपोहरुमा भने अक्सिजन प्रर्याप्त रहेको पाइएको हो ।

बजारमा अक्सिजनको अभाव भएको गुनासो आएपछि विराटनगर महानगरपालिकाकी उपप्रमुख ईन्दिरा कार्की नेतृत्वको बजार अनुगमन टोलीले विराटनगरमा रहेका दुई अक्सिजन डिपोहरूको अनुगमन गरेको थियो । अनुगमनको क्रममा विराटनगरलाई पर्याप्त मात्रामा पुग्ने अक्सिजन रहेको पाइएको हो । सातघुम्तिमा रहेको विनायक र पञ्जावी पेट्रोल पम्प अगाडि रहेको भाजुरत्न अक्सिजन प्लान्टमा प्रशस्त अक्सिजन रहेको पाइएको विराटनगर महानगरपालिकाकी उपप्रमुख ईन्दिरा कार्कीले बताइन् ।

त्यहाँ सबै नागरिकको पहुँच पुग्ने भएकाले जो कोही गएर अत्यावश्यक पर्दा अक्सिजन ल्याउन सक्ने कार्कीको भनाइ छ । नागरिकले अक्सिजनकै कारण ज्यान गुमाउनु नपरोस् भनेर अक्सिजन प्लान्टहरुको अनुगमन गर्दा विराटनगरमा कुनै अक्सिजनको समस्या नदेखिएको कार्कीले बताइन् ।

No description available.

‘बजारमा अक्सिन नभएको भन्ने भ्रममा नपर्न आग्रह गर्दछु‚’ उनले भनिन्, ‘हामीलाई चाहिने प्रशस्तै अक्सिजन छ, चौबिसै घण्टा‚ जुन समयमा जाँदा पनि सिलिन्डर भर्ने र पाउने खालको व्यवस्था छ ।’ अस्पताल तथा ठुला संघ संस्थाहरूका लागि अक्सिजन उद्योगबाट लग्ने गरिएको भएपनि यी दुवै डिपो नागरिकका लागि संचालनमा रहेको भन्ने सर्वसाधारणलाई थाहा नभएकाले सबैले थाहा पाउनुपर्ने उनले बताइन् ।

मनपरी मूल्य
विराटनगरमा नै रहेका यी विनायक र भाजुरत्न दुवै अक्सिजन प्लान्टका सिलिन्डर र रिफिल गर्दाको मूल्यमा भने एकरुपता देखिएको छैन । सानो सिलिन्डर १ दशमलव ५ किलो र ठुलो सिलिन्डर ६ दशमलव ५ किलोको छ । विनायक अक्सिजन प्लान्टले ठुलोको धरौटीबापत १८ हजार लिँदै आएको छ भने सानोको १५ हजार लिने गरेको अनुगमनका क्रममा पाइएको छ । रिफिल गरेको सानोको २ सय र ठुलोको ४ सय लिँदै आएको पाइएको छ । उद्योगमा अहिले साना खालका २१ वटा र ठुला खालका ४ वटा अक्सिजन सिलिन्डर बिक्री नै नभएर बसेको पाइएको छ ।

नजिकै रहेको भाजुरत्नले भने अक्सिजन सिलिन्डरको धरौटी नै महँगो लिने गरेको पाइएको छ । साना ७ वटा र ठुला १८ वटा अक्सिजनका सिलिन्डर बाँकी रहेको र यो प्लान्टले धरौटीमा बढी मूल्य लिने गरेको पाइएको कार्कीले बताइन् । कार्कीका अनुसार धरौटीमा ठुलो सिलिन्डरको २५ हजार र सानो सिलिन्डरको १८ हजार धरौटी लिने गरेको पाइएको छ ।

No description available.

बढी मूल्य लिने कम्पनीलाई स्पष्टीकरण सोधिएको कार्कीले बताइन् ।

अनुगमनका क्रममा अक्सिजन प्लान्टका संचालकहरूले विराटनगरका लागि अक्सिजन अभाव नभएपनि बजारमा छरिएर रहेका सिलिन्डरलाई एकिकृत गरेर ल्याउने हो भने अक्सिजन पुर्‍याउन आफूहरुले सहयोग गर्ने प्रतिबद्धता जनाएका थिए । नगरपालिकाका कतिपय घरमा मेयर आफैँले अक्सिजनको सिलिन्डर पुर्‍याउने गरेका छन् भने कतिपयमा नागरिकले घरमा राखेकाले त्यसको संकलन गरे अत्यावश्यक भएका व्यक्तिको जीवन बचाउन सकिने अनुगमन टोलीले निष्कर्ष निकालेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *