शिवम् सिमेन्टद्वारा अक्सिजन सिलिन्डरसहित स्वास्थ्य सामग्री वितरण

काठमाडौं । शिवम् सिमेन्ट लिमिटेडले  मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान, हटौंडा अस्पताललाई १९० थान अक्सिजन सिलिन्डरसहित विभिन्न स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ ।

विभिन्न अस्पतालमा अक्सिजन, बेड तथा विभिन्न स्वास्थ्य सामग्री अभाव भइरहको परिस्थितिलाई मध्यनजर गर्दै कम्पनीले उद्योगस्थल स्थित हेटौंडा उपमहानगरपालिको हटियामा अवस्थित बागमती प्रदेशको मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान, हटौंडा अस्पताललाई १२० थान भरिएका तथा ७० थान खाली  गरी जम्मा १९० थान अक्सिजन सिलिन्डरसहित ३० थान मेडिकल बेड, ५ थान सिसियू बेड  र मेडिकल मोनिटर हस्तान्तरण गरेको कम्पनीले जनाएको छ ।

कम्पनीले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत उक्त स्वास्थ्य सामग्रीहरू हस्तान्तरण गरेको हाे ।

शिवम् सिमेन्ट्सले यस अगाडि पनि महामारी, दैवी प्रकोप, राहत सामग्री, स्वास्थ्य सामग्री, एम्बुलेन्स हस्तान्तरणसहित विभिन्न कार्यहरूमा आफ्नो सामाजिक संस्थागत दायित्व निर्वाह गर्दै आइरहेको जनाएको छ ।

सन् २००९ मा नेपालका केन्द्र भाग हेटौँडामा स्थापित यस सिमेन्ट उद्योगले अत्यधुनिक जर्मन प्रविधी उक्त प्लान्टबाट आफ्नै चुनढुङ्गाको प्रयोग गरी उच्च गुणस्तरको क्लिंकर र शिवम् सिमेन्ट तथा शिवम् प्लस सिमेन्ट उत्पादन तथा बिक्री वितरण गर्दै आएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ten − eight =