मृत अवस्थामा फेला
२०७८ जेठ ३ गते

काठमाडौं । मकवानपुर, बकैया गाउँपालिका-३ जलजले बस्ने ३५ वर्षीय दिपक वाईवा घरबाट करिब ५ सय मिटर टाढा ज्ञान ज्योती प्राविको कम्पाउण्डभित्र सोमबार मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।
त्यस्तै कटारी नगरपालिका-२ गराँसस्थित कमला खोलाको किनारमा सिन्धुली दुधौली नगरपालिका-११ लबाहा बस्ने ७० वर्षीय चतुरमान बस्याल आइतबार मृत अवस्थामा फेला परेका छन् ।
काठमाडौं महानगरपालिका-३ महाराजगंजस्थित चुनदेवी जाने सडक छेउमा हाल नाम, थर, वतन नखुलेका करिब ३० वर्षीय पुरुष आइतबार मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
२०७८ जेठ ३ गते
प्रतिक्रिया
सम्बन्धित








