अवैध लागूऔषध सहित तीन पक्राउ
२०७८ जेठ ३ गते

सांकेतिक तस्बिर
झापा । झापा गाउँपालिका-२ झापा बजारबाट करिब ५ सय ३० मिलिग्राम अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ, २ थान डिजिटल तराजु, नगद ५९ हजार रुपैयाँ र २ थान मोबाइलसहित ३ जनालाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा सोही ठाउँ बस्ने २२ वर्षीय रोशन भुजेल, २१ वर्षीय साजन लिम्बु र ताप्लेजुङ सिरिजंङ्गा गाउँपालिका-१ बस्ने १९ वर्षीय प्रताप लिम्बु रहेका छन् । ईलाका प्रहरी कार्यालय कुमरखोदबाट खटिएको प्रहरीले उनीहरुलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
२०७८ जेठ ३ गते
प्रतिक्रिया
सम्बन्धित








