एटलेटिको म्याड्रिड ला लिगाको शीर्षस्थानमा

काठमाडौँ । स्पेनिस ला लिगामा एटलेटिको म्याड्रिडले ओसासुनामाथि जित हासिल गरेको छ । गएराती सम्पन्न खेलमा अन्तिम मिनेटमा लुइस स्वरेजले गोल गर्दै एटलेटिको म्याड्रिडलाई जिताएका हुन् ।

एटलेटिको म्याड्रिडले २-१ गोल अन्तरको जित निकालेको यस खेलमा खेलको ८८औं मिनेटमा स्वरेजले निर्णायक गोल गरेका थिए । यसअघि खेलको ७५औं मिनेटमा ओसासुनाका लागि आंटे बुडीमिरले गोल गर्दै अग्रता लिएको भएपनि खेलको ८२औं मिनेटमा रेनान लोडीले गोल गर्दै खेल बराबरी गरेका थिए ।

गएरातिकै खेलमा बार्सिलोना सेल्टा भिगोसँग पराजित भएपछि उपाधि दौडबाट बाहिरिएको छ । त्यस्तै रियल म्याड्रिडले एथलेटिक बिल्बाओलाई १-० गोल अन्तरले पराजित गर्दै उपाधि दौडमा कायम रहेको छ । रियलको ३७ खेलमा ८१ अंक रहेको छ । यो जितपछि एटलेटिको म्याड्रिडको ३७ खेलमा ८३ अंक भएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen − 17 =