तातोपानी नाकामा आइपुग्यो २५ सय थान अक्सिजन सिलिन्डर
२०७८ जेठ २ गते

काठमाडौं । नेपाली व्यवसायीले चीनबाट पहिलो खेपमा ल्याउन लागेको १० हजार सिलिन्डर मध्येको २ हजार ५ सय वटा सिलिन्डर बल्ल तातोपानी नाकामा आइपुगेको छ ।
तातोपानी नाकाको पारिपट्टी रहेको चिनियाँ भन्सार कार्यालयले हाल चेकजाँच गरिरहेको तानोपानी भन्सार कार्यालयका प्रमुख नारद गौतमले बताए ।
‘सिलिन्डर बोकेका कन्टेनर पारिपट्टी आइपुगेको छ, चिनियाँ पक्षले चेकजाँच गरिरहेको छ,’ उनले भने, ‘वारी आएपछि सकेसम्म छिटो चेकजाँच गरेर पठाइहाल्नका लागि हामी तयार भएर बसकेका छौं ।’
अत्यावश्यक स्वास्थ्य सामग्री भएकोले सकेसम्म छिटो जाँच गरेर पठाउने पारिपट्टीका चिनियाँ अधिकारीलाई आग्रह गरेको पनि उनले बताए ।
सोमबार बिहानसम्म उक्त सिलिन्डर काठमाडौं आइपुग्ने अपेक्षा गरिएको छ ।
सम्बन्धित समाचार–
व्यवसायीले चीनबाट ल्याउने १० हजार अक्सिजन सिलिन्डरमध्ये २५ सय वटा सोमबार काठमाडौं आइपुग्ने
२०७८ जेठ २ गते
प्रतिक्रिया
सम्बन्धित








