सेती प्रादेशिक अस्पतालको परीक्षणमा थप ४३५ जनामा कोरोना पुष्टि

धनगढी । सेती प्रादेशिक अस्पतालमा आइतबार गरिएको परीक्षणमा थप ४३५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

अस्पतालको प्रयोगशालामा ७४७ नमूना परीक्षण गर्दा ४३५ जनामा संक्रमण पुष्टि भएको अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले जानकारी दिए ।

संक्रमितमध्ये कैलालीका मात्रै कैलालीका २७८ जना छन् । त्यसमध्ये पनि धनगढीका मात्रै १३८ जना छन्। यस्तै अन्य जिल्लाका १९ जनामा संक्रमण पुष्टि भएको सूचना अधिकारी श्रेष्ठले बताए ।

उनका अनुसार हाल अस्पतालमा १०९ जना संक्रमितको उपचार भइरहेको छ । जसमध्ये १ जना भेन्टिलेटरमा, १५ जना आइसियूमा, ८९ जना अक्सिजन सपोर्टमा उपचाररत छन् ।

पछिल्लो २४ घण्टामा सेती अस्पतालबाट एक जना निको भई घर फर्किएका र थप ४ जना अस्पताल भर्ना भएका सूचना अधिकारी श्रेष्ठले जानकारी दिए ।

यस्तै पछिल्लो २४ घण्टामा सेती अस्पतालमा थप ३ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seven + nineteen =