काठमाडौं महानगरभित्रका विद्यालयले जेठ २० भित्र परीक्षा लिइसक्नुपर्ने

काठमाडौं । काठमाडौं महानगरपालिकाभित्रका विद्यालयहरूले जेठ २० गतेसम्म परीक्षा लिइसक्नुपर्ने भएको छ । महानगरले आइतबार विज्ञप्ति जारी गर्दै आगामी जेठ २० सम्ममा सबै विद्यालयलाई परीक्षा लिइसक्न निर्देशन गरेको हो ।

अनलाइन/टेलिफोन/इमेलबाट प्रश्न पठाएर वा विद्यालय अनुकूल हुने गरी परीक्षा गर्न महानगरले भनेको छ । जेठ २० भित्र परीक्षा सकेर जेठ मसान्तभित्र परीक्षाफल प्रकाशन गरी असार पहिलो साताबाट नयाँ शैक्षिक सत्र सञ्चालन गर्न महानगरले आग्रह गरेको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *