एमाले एक हुन्छ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले एमाले एक हुने बताएका छन् । आइतबार विपक्षी एमालेको नेतृत्व गर्दै आएका वरिष्ठ नेता माधवकुमार नेपालसँगको वार्तापछि सिंहदरबारमा पत्रकारहरुसँग संक्षिप्त प्रतिक्रिया दिँदै प्रधानमन्त्री ओलीले एमाले मिल्ने बताएका हुन् ।

अब एमाले एकता कायम रहन्छ ? भन्ने प्रश्नमा प्रधानमन्त्री ओलीले भने– ‘अब एक हुन्छ । पार्टी मिल्छ ।’ एमालेमा आन्तरिक समस्या समाधानको लागि भन्दै १० सदस्यीय कार्यदल बनेको छ ।

कार्यदलमा सत्तापक्षीय एमालेको तर्फबाट सुवासचन्द्र नेम्वाङ्ग र विपक्षी एमालेको तर्फबाट भीम रावलको नेतृत्वमा विष्णु पौडेल, प्रदीपकुमार ज्ञवाली, शंकर पोखरेल, विष्णु रिमाल, घनश्याम भुसाल, गोकर्ण विष्ट, सुरेन्द्र पाण्डे, रघुजी पन्त रहेका छन् ।

नेपालपक्षीय एमालेले ०७५ जेठ २ मा फर्किनुपर्ने अडान राख्दै आएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *