भरुवा बन्दुकसहित चार जना पक्राउ

विराटनगर । खोटाङमा भरुवा बन्दुक सहित चारजना पक्राउ परेका छन् । हलेसी तुवाचुङ नगरपालिका ११ राजापानीस्थितबाट भरुवा बन्दुक र बन्दुक बनाउन प्रयोग गरिने अन्य सामाग्रीसहित चार जना पक्राउ परेका हुन् ।

पक्राउ पर्नेमा सोही स्थानका ४२ वर्षीय डम्बर बहादुर कार्की, ३५ वर्षीय दोर्ण कार्की, २६ वर्षीय रबिन्द्र कार्की र ७४ वर्षीय कृष्ण बि।क। रहेको प्रहरीले जनाएको छ ।

गएराती बिशेष सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय खोटाङबाट गएको प्रहरी टोलीले डम्बर, दोर्ण र रबिन्द्रलाई भरुवा बन्दुक तीन थान, मरेको मृगको टाउको, सालकको खपेटा र भरुवा बन्दुकमा प्रयोग हुने सलाई, सोडा, गन्धक, छर्रा लगायतका बिस्फोटक पदार्थहरु सहित नियन्त्रणमा लिएको हो ।

यसैगरी विकलाई भरुवा बन्दुकको ५ नाल भरुवा बन्दुक, भरुवा बन्दुकको बट १ थान, भरुवा बन्दुक बनाउन प्रयोग हुने औजारसहित नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *