इन्टरमाथि युभेन्ट्सको रोमान्चक जित
२०७८ जेठ २ गते

काठमाडौँ । इटालियन सिरी ए अन्तर्गत युभेन्टसले इन्टर मिलानलाई पराजित गरेको छ । गएराती सम्पन्न खेलमा युभेन्टसले इन्टर मिलानलाई ३-२ गोल अन्तरले पराजित गरेको हो ।
युभेन्टसको जितमा जुआन कुआड्राडोले २ गोल गरे भने क्रिस्टियानो रोनाल्डोले एक गोल गरेका थिए । त्यस्तै इन्टर मिलानका लागि रोमेलु लुकाकुले एक गोल गर्दा युभेन्टसका जिओर्जिनो चिएलिनीले आत्मघाती गोल गरेका थिए ।
यो जितपछि युभेन्टसको ३७ खेलमा ७५ अंक भएको छ भने लिगमा चौथो स्थानमा उक्लिएको छ । युभेन्टस यस सिजनमा शीर्ष चारमा रहने आफ्नो सम्भावनालाई कायमै राखेको छ । उपाधि जितिसकेको इन्टर मिलानको भने ३७ खेलमा ८८ अंक रहेको छ ।
२०७८ जेठ २ गते
प्रतिक्रिया
सम्बन्धित








