लेस्टरले जित्यो एफए कपको उपाधि

काठमाडौँ । चेल्सीलाई हराउँदै लेस्टर सिटीले एफए कपको उपाधि जितेको छ । गएराती सम्पन्न फाइनल खेलमा लेस्टरले चेल्सीलाई १–० गोल अन्तरले पराजित गरेको हो ।

लेस्टर सिटीको जितमा योउरी टिएलेम्यान्सले खेलको ६३ औं मिनेटमा गरेको गोल नै खेलको निर्णायक गोल बन्यो । यससँगै लेस्टरले पहिलो पटक एफए कपको उपाधि जितेको छ ।

यसअघि चार पटक फाइनलमा पुगेपनि लेस्टर फाइनलमा पराजित भएको थियो । त्यस्तै चेल्सी लगातार दोस्रो वर्ष एफए कपको फाइनलमा पराजित भएको छ । गतवर्ष चेल्सी आर्सनलसँग फाइनलमा पराजित भएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 + 17 =