नेपाल सुपर लिग

काठमाडौं च्याम्पियन [तस्बिरसहित]

काठमाडौं । काठमाडौं रेजर्स नेपाल सुपर लिग (एनएसएल) फुटबलको च्याम्पियन बनेको छ । दरशथ रंगशालामा शनिबार भएको फाइनलमा धनगढी एफसीलाई १–० ले हराउँदै काठमाडौंले उपाधि जितेको हो ।

काठमाडौंको जीतमा मेसौके ओलोमोउले २१ औं मिनेटमा गरेको एक गोल नै पर्याप्त भयो । प्रतियोगिताको सर्वाधिक गोलकर्ता रहेका मेसौकेले ८ गोल गरे ।

उपाधिसँगै काठमाडौंले ३५ लाख रुपैया पुरस्कार पाएको छ भने उपविजेता बनेको धनगढीले १५ लाखमा चित्त बुझाएको छ । नेपाल स्पोर्टस म्यानेजमेन्टले आयोजना गरेको लिगमा ७ वटा फ्रेन्चाइज टिमले प्रतिस्पर्धा गरेका थिए ।

कोभिडको त्रासका बिच दर्शलाई प्रवेश गर्न नदिई प्रतियोगिता सम्पन्न भएको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *