रातो मत्स्येन्द्रनाथको रथ यात्रा [तस्बिर/भिडिओ]

काठमाडौं । कडा सुरक्षाका बीच रातो मत्स्येन्द्रनाथको रथ यात्रा शुरु भएको छ । तिथिअनुसार औंसी (आमाको मुख हेर्ने दिन) मा देवीचौरको कटुवाल दहबाट कलशमा मत्स्येन्द्रनाथलाई ल्याउने र भोलिपल्ट वैशाख शुक्ल प्रतिपदामा रथारोहण गर्ने चलन छ ।

रथारोहणपछि विधिवत् रुपमा रथयात्रा गरिन्छ । रथ लगनखेल पुगेपछि नरिवल खसाल्ने र जावलाखेल पुगेपछि राष्ट्रप्रमुखको उपस्थितिमा भोटो जात्रा मनाइन्छ ।

तर, यस वर्ष कोभिड–१९ को दोस्रो लहर अत्याधिक मात्रामा फैलिएका कारणले यी प्रमुख जात्रा नहुने भएको छ । रथलाई सांकेतिक रुपमा सीमित व्यक्तिहरुको उपस्थितिमा हाल रथ रहेको स्थान पुल्चोकबाट केही मिटर पर तानेर जात्रा सम्पन्न गरिने भएको छ ।

थप तस्बिरहरु:—

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *