आइसोलेसनलाई अक्सिजन सिलिण्डर सहयोग
२०७८ जेठ १ गते

काठमाडौं । समाजसेवी उत्तम कार्कीले वडास्तरीय आइसोलेसन सेन्टरका लागि १८ थान अक्सिजन सिलिण्डर सहयोग गरेका छन् ।
मुलुकमा अक्सिजन अभाव भइरहेको समयमा चन्द्रागिरि नगरपालिका वडा नं ८ को आइसोलेसनका लागि उक्त सिलिण्डर कार्कीले सहयोग गरेका हुन् ।
चन्द्रागिरिमा आजदेखि सञ्चालनमा आउने मातातीर्थ अस्पतालका लागि कार्कीले सङ्कलन गरेको १८ थान अक्सिजन सिलिण्डर प्रदान गरेको चन्द्रागिरि-८ का वडा अध्यक्ष सन्तोष खड्काले जानकारी दिए ।
कार्कीले सो आइसोलेसनको लागि आवश्यक सहयोग गर्दै जाने उल्लेख गरे । “मैले व्यक्तिगत खर्चबाट कोरोना सङ्क्रमितको लागि अक्सिमिटर दिन लागेको छु”, उनले भने । रासस
२०७८ जेठ १ गते
प्रतिक्रिया
सम्बन्धित








