विराटनगरमा एक महिनामा ४१ संक्रमितको मृत्यु

विराटनगर । पछिल्लो २४ घण्टामा विराटनगर महानगरपालिकामा चार जना कोरोना संक्रमितको मृत्यु भएको छ । योसँगै कोभिडका कारण ज्यान गुमाउनेको जम्मा संख्या ४१ पुगको छ ।

विराटनगर महानगरपालिकाले सार्वजनिक गरेको तथ्यांकअनुसार मृत्यु हुनेमध्ये ३२ जना पुरुष र ९ जना महिला छन् । तथ्यांकमा न्यूनतम २८ वर्षदेखि बढीमा ८० वर्ष उमेर समूहका व्यक्तिको मृत्यु भएको देखिएको छ। विराटनगर महानगरपालिकाका कोभिड संयोजक हैदर अलीले ५१ देखि ६० वर्ष उमेर समूहमा मृत्युदर बढी देखिएको बताए ।

४० वर्षसम्मका ६ जना, ४१ देखि ५० वर्षका ७ जना, ५१ देखि ६० वर्षका १४ जना र ६१ देखि ८० वर्ष समूहका १४ जनाको मृत्यु भएको अलीले मकालु खबरलाई जानकारी दिए ।

प्रदेश १ को एकमात्र महानगरपालिका‚ जहाँ संक्रमणसँगै मृत्यु हुनेको संख्या पनि अन्य स्थानीय तहको तुलनामा बढी देखिएको छ ।

वडागत तथ्यांक
वडाअनुसार वडा नम्बर ६ मा सबैभन्दा धेरै ६ जना, वडा नम्बर ९,१० र १३ मा ४/४ जना, वडा नम्बर ३ र १२ मा ३/३ जनाको मृत्यु भएको छ भने  वडा नम्बर १, २, ४, ५, १४ र १५ वडामा २/२ जनाको तथा बाँकी वडाहरूमा एकएक जनाको मृत्यु भएको कोभिड संयोजक अलीले जानकारी दिए । महानगरपालिकाका अनुसार आज एकैदिन विराटनगर महानगरपालिकामा ४ जनाको मृत्यु भएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *