रिचार्जरको ‘ह्याप्पी आवर’ सेवा अवरुद्ध

काठमाडौं । इकमर्स प्लेटफर्म रिचार्जरले आज (शुक्रबार) ह्याप्पी आवरमा ९९९ रुपैयाँमा अक्सिमिटर उपलब्ध गराउने घोषणा गरेको थियो । तर प्राविधिक समस्याका कारण सेवा अबरुद्ध बनेको कम्पनीले जनाएको छ ।

रिचार्जरले शुक्रबार दिउँसो १२ बजेदेखि ५ बजेसम्म सम्म ह्याप्पी आवरमा ९९९ रुपैंयामा अक्सिमिटर उपलब्ध गराउने घोषणा गरेको थियो ।

जसका कारण रिचार्जरको मोबाइल एप तथा वेब पोर्टलमा एकै समयमा लाखौंको संख्यामा आएको ट्राफिकका कारण एप तथा पोर्टल तत्कालका लागि अवरुद्ध हुन पुगेको जनाएको हो ।

दुवै प्लेटफर्ममा देखिएको समस्या निराकरणको काम भइरहेको बताउँदै ग्लोबल कि टेक्नोलाजीका अध्यक्ष अलाइभ ग्लाइडरले एप सुचारु भएपछि पूर्वनिर्धारित मूल्यमा नै अक्सिमिटर उपलब्ध गराउने जानकारी दिए ।

उनका अनुसार शुक्रबार ५ घण्टाका लागि मात्र बुकिङ तथा अर्डर लिने व्यवस्था गरिएकोमा एप सुचारु भएपछि सामान्य अवस्थामा पनि सोही मूल्यमा अक्सिमिटरका साथै अन्य कोभिडसम्बन्धी वस्तु तथा उपकरण उपलब्ध हुने जनाएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *