सीईडीबी हाइड्रोपावरको आइपीओ बाँडफाँट, यसरी हेर्न सकिन्छ रिजल्ट

काठमाडौं । सीईडीबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले निष्काशन गरेको प्राथमिक शेयर (आइपीओ) बाँडफाँट गरिएको छ । आइपीओ निष्कासन तथा बिक्री प्रबन्धक सनराइज क्यापिटलले शुक्रबार आईपीओ बाँडफाँट गरेको हो ।

कम्पनीको आईपीओ खरिदका लागि १६ लाख ३७ हजार ६ सय ५९ योग्य आवेदकले आवेदन दिएका थिए । आवेदन गरेका मध्ये ४ हजार ४ सय ४२ आवेदन रद्ध भएको थियो । योग्य आवेदकबाट २ करोड ४६ लाख ४५ हजार ७ सय ३५ कित्ता सेयर माग भएको थियो । तर, कम्पनीले २३ लाख ४१ हजार ९ सय ५४ कित्ता सेयर निष्काशन गरेको थियो ।

आवेदक मध्ये २ लाख ३४ हजार १ सय ९५ जनाले न्युनतम १० कित्ताका दरले सेयर पाएका छन् । ती मध्ये ४ जनाले थप १/१ कित्ता सेयर पाएका छन् । अरु १४ लाख ३ हजार ४ सय ६४ जनाले सेयर पाएका छैनन् । कम्पनीले वैशाख १७ गतेदेखि २१ गतेसम्म आइपीओ निष्कासन गरेको थियो ।

आइपीओको नतिजा हेर्नका लागि मेरो सेयर मोबाइल एप, सीडीएससीको आइपीओ रिजल्ट हेर्ने साइट, कम्पनीको वेवसाइट र बिक्री प्रबन्धकको वेवसाइटमा गएर हेर्न सकिने छ ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *