‘रियलमी सी ११ २०२१’ फोन सार्वजनिक

काठमाडौं । रियलमीको बहुप्रतिक्षित मोबाइल फोन ‘रियलमी सी ११ २०२१’ नेपालमा सार्वजनिक गरिएको छ । आज सार्वजनिक भएलगत्तै ‘रियलमी सी ११ २०२१’ आजदेखि बजारमा उपलब्ध भएको जनाएको छ ।

‘रियलमी सी ११ २०२१’ विशाल ५००० एमएएच ब्याट्रीका साथ बजारमा आएको छ, जो दिनभर अत्यधिक उपयोग गर्दा समेत लामो समय सम्मका लागि टिकाउ रहने जनाइएको छ ।

रियलमीको प्रयोगशालामा परीक्षणका क्रममा देखिएको तथ्यांक अनुसार यसको ब्याट्री निरन्तर युट्युब चलाउँदा १७ घण्टासम्म, निरन्तर फोनमा कुरा गर्दा ३७ घण्टासम्म र निरन्तर संगीत सुन्दा १०८ घण्टासम्म टिक्दछ ।

यसैगरी स्टान्डबाई रुपमा राखी मात्र राख्ने हो भने यसको ब्याट्री ४३ दिनसम्म टिकाउ रहेको देखिएको कम्पनीले  जनाएको । यसैगरी मोबाइलमा पावर सेभिङ मोड पनि छ जसले सामान्यता प्रयोग भइरहने मुख्य ६ वटा एप चलाउँदा समेत अधिकतम ब्याट्री बचत गर्दछ ।

‘रियलमी सी ११ २०२१’ मा ६.५ इन्च (१६.५ सीएम) को ठूलो एलइडी डिस्प्ले प्रयोग गरिएको जनाएको छ । यी सबैका साथ रियमलीले उच्च क्वालिटी कायम गर्नुका साथै विश्वसनीय, टिकाउ, गुणस्तरीय रहेको छ ।

कम्पनीका अनुसार ताल नीलो र फलामे–खैरो दुई रङ्गमा उपलब्ध रियलमी सी ११ २०२१ को मूल्य १२ हजार ९९० छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *