लिभरपुलले म्यानचेस्टरलाई हरायो

काठमाडौँ । इङलिश प्रिमियर लिग अन्तर्गत लिभरपुलले म्यानचेस्टर युनाइटेडमाथि शानदार जित हासिल गरेको छ । शीर्ष चार स्थानमा पर्ने होडमा रहेको लिभरपुलले म्यानचेस्टर युनाइटेडलाई ४-२ गोल अन्तरले पराजित गरेको हो ।

लिभरपुलको जितमा रोबेर्टो फिर्मिनोले २ गोल गरेका थिए भने मोहमद सलाह र डिओगो जोटाले एक–एक गोल गरे । त्यस्तै म्यानचेस्टर युनाइटेडका लागि ब्रुनो फर्नानडेज र मार्कस राशफोर्डले एक एक गोल गरेका थिए ।

जितपछि लिभरपुलले प्रिमियर लिगको शीर्ष चारमा पुग्ने सम्भावना जीवित राखेको छ । लिभरपुल शीर्ष चारको चेल्सीभन्दा ४ अंकले पछि छ । एक खेल कम खेलेको लिभरपुल ३५ खेलबाट ६० अंक जोडेर पाँचौ स्थानमा रहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × 2 =