एक-एक पाइलामा आवद्ध डाक्टरले घरबाटै निशुल्क सेवा दिने

काठमाडौं । लकडाउनका बेला स्वास्थ्यमा कुनै समस्या आएमा ‘एक-एक पाइला’ मा आवद्ध चित्सिकहरुको सहयोगमा घरबाटै सेवा लिन सकिने भएको छ ।

लकडाउनका कारण अस्पताल जान वा सम्पर्क गर्न समस्या भएकाे अवस्थामा एक-एक पाइलामा आवद्ध चिकित्सकहरुलाई सम्पर्क गरी सेवा लिन सकिने एक-एक पाइलाका उपाध्यक्ष डा. सुधांशु केसीले जानकारी दिए । स्वास्थ्य समस्या भएमा बिहान ७ देखि ९ र साँझ ५ देखि ७ बजेको समयमा फोन, भाइबर र ह्वाट्सएपबाट सम्पर्क गरी सेवा लिन सकिने उनले बताए । डाक्टरहरु आफ्नो नियमित काममा खटिन पर्नै भएकाले अत्यावश्यक बाहेक अन्य समयमा मोबाइल मेसेज, भाईबर र व्हाटसेप बाट संपर्क गर्न उनले आग्रह गरेका छन् ।

साथै डाक्टरले गरेको पुरानो सिफारीस (प्रेस्क्रिप्सन) को फोटो भाईबर र व्हाटसेपमा आफ्नो समस्या राख्दा समाधान गर्न सजिलो हुने पनि उनले बताए ।
डाक्टर र स्वयमसेवक संलग्न रहेकाे एक एक पाइलाले यसअघि पनि समाजसेवाका विभिन्न काम गर्दै आएकाे छ ।

स्वास्थ्य सेवाका लागि निम्न फोन नम्बरहरुमा निम्न डाक्टरहरु सँग सम्पर्क गर्न सकिनेछ ।

डा. सुमन थापा (आँखा) ९८०१८६३६६१

डा. कबिता धाख्वा (आँखा) ९८०१८६३६६२

डा. सुधांशु के सी (मेडिसिन/लिभर) ९८०२३३२४८८ (फोन)९८४०८७५९००  (फोन, भाईबर व्हाटसेप) –

डा. सुबोध ढकाल (मेडिसिन/छातीरोग) ९८०१८६३६६४

डा. सबीना भट्टराई (चर्म रोग) ९८०१८६३६६५

डा. श्रिष्ठी श्रेष्ठ (चर्म रोग) ९८०१८६३६६६

डा. निल पाण्डे (दन्त रोग) ९८०१८६३६६७

डा. बिनिता अधीकारी (दन्त रोग) ९८०१८६३६६८

डा. कुन्जन आचार्य (नाक कान घाँटी) ९८०१८६३६६९

डा. रबिन्द्र प्रधानाङ्ग (नाक कान घाँटी) ९८०१८६३६७०

डा. सपना अमात्य बैध्य (प्रसुती) ९८०१८६३६७१

डा. रिचा गिरी (प्रसुती) ९८०१८६३६७२

डा. ज्योति रायमाझी/डा राज राणा (शल्य चिकित्सा/हाड जोर्नी) ९८०१८६३६७३

डा. बिष्णु रथ गिरी (बाल रोग) ९८०१८६३६७४

 

 

प्रतिक्रिया