देउवाले बोलाए पदाधिकारी बैठक
२०७८ वैशाख ३० गते

|कांग्रेस पदाधिकारी बैठक चल्दै...। फाइल तस्बिर|
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका पदाधिकारी एवं पूर्वपदाधिकारीहरुको बैठक बोलाएका छन् । आज अपराह्न ४ बजे आफ्नै निवास बुढानीलकण्ठमा बस्नेगरी देउवाले बैठक बोलाएका हुन् । बैठकमा सरकार निर्माणका लागि भइरहेका प्रयासबारे छलफल हुने देउवा निकट नेताहरुले बताएका छन् ।
जसपाका अध्यक्ष महन्थ ठाकुरसहितका नेताहरुसँगको छलफललगत्तै देउवाले पदाधिकारी बैठक बोलाएका हुन् । बहुमतीय सरकार गठनका लागि राष्ट्रपति विद्यादेवी भण्डारीले दिएको तीन दिनको समयसीमा आज बेलुका सकिँदैछ ।
कांग्रेसले आफ्नै नेतृत्वमा सरकार गठन गर्ने निर्णय गरेर छलफल गरिरहेपनि बहुमत जुटाउन सकेको छैन । खासगरी जसपाको एक पक्षले वैकल्पिक सरकार बनाउने पक्षमा नरहेको बताएपछि कांग्रेस नेतृत्वमा सरकार बनाउन बहुमत नपुग्ने देखिएको छ ।
२०७८ वैशाख ३० गते
प्रतिक्रिया
सम्बन्धित








