गण्डकी प्रदेशमा सरकार गठनका लागि विपक्षी दलको दाबी पेश

पोखरा । गण्डकी प्रदेशमा नेपाली कांग्रेसले सरकार गठनको दाबी पेश गरेको छ । कांग्रेस संसदीय दलका नेता कृष्णचन्द नेपाली पोखरेललाई मुख्यमन्त्री प्रस्ताव गरेर पेस गरेको निवेदन प्रदेश प्रमुखको कार्यालयमा दर्ता गरिएको कांग्रेसले जनाएको छ ।

बुधबार दिउँसो ४ बजेभित्र दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमत प्रदेश सदस्यको समर्थन लिएर सरकार गठनको दाबी गर्न प्रदेश प्रमुख सीता पौडेलले आह्वान गरेकोमा समय सीमाभित्र निवेदन दर्ता गरिएको कांग्रेसले जनाएको छ ।

मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले राजीनामा दिएपछि प्रदेश प्रमुख पौडेलले दिएको समयसीमा आज (बुधबार) ४ बजे सकिँदै थियो।

प्रदेश प्रमुखबाट दिइएको समय सीमाभित्रै निवेदन दर्ता गराएको कांग्रेसले जनाएको छ ।

दुईभन्दा बढी दलको समर्थनसहित बहुमत प्रदेश सांसदको समर्थन लिएर प्रदेश प्रमुख समक्ष दिउँसो ३ बजेर ५५ मिनेटमा निवेदन दर्ता गराएको र अब ३० दिनभित्र विश्वासको मत समेत लिने कांग्रेसले जनाएको छ ।

प्रतिक्रिया