रेमिट्यान्स १६ प्रतिशत बढ्यो, श्रम स्वीकृति लिने ६६ प्रतिशतले घटे

काठमाडौं । चालु आर्थिक वर्ष २०७७/७८ को ९ महिना (चैतसम्म)मा विप्रेषण आप्रवाह (रेमिट्यान्स) १६.५ प्रतिशतले बढेको छ । उक्त ९ महिनामा विभिन्न देशबाट ७ खर्ब २९ अर्ब २ करोड विप्रेषण भित्रिएको राष्ट्र बैंककाे समीक्षा प्रतिवेदले देखाएकाे छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा रेमिट्यन्स ४.२ प्रतिशतले घटेको थियो ।

अमेरिकी डलरमा विप्रेषण आप्रवाह १३.० प्रतिशतले बढेर ६ अर्ब १९ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह ४.९ प्रतिशतले घटेको थियो ।

समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति लिने नेपालीको संख्या ६६.७ प्रतिशतले घटेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या १०.२ प्रतिशतले बढेको थियो ।

वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या समीक्षा अवधिमा ५५.७ प्रतिशतले घटेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या १५.० प्रतिशतले घटेको थियो ।

समीक्षा अवधिमा खुद ट्रान्सफर १४.४ प्रतिशतले वृद्धि भई रु.८१४ अर्ब ३६ करोड पुगेको छ । अघिल्लो वर्षको
सोही अवधिमा यस्तो ट्रान्सफर ४.७ प्रतिशतले घटेको थियो ।

प्रतिक्रिया