अक्सिजनको चरम अभावले अकल्पनीय घटना घट्न सक्छ : नर्भिक अस्पताल

काठमाडौं । अक्सिजनको अभावमा जुनसुकै बेला पनि अकल्पनीय घटना घट्न सक्ने भन्दै थापाथलीस्थित नर्भिक इन्टरनेशनल हस्पिटलले सम्पूर्णमा सचेत बनाएको छ ।

अस्पतालले बुधबार विज्ञप्ति जारी गर्दै पछिल्लो समय तीव्र रुपमा फैलिएको कोभिडसँगै बढेका संक्रमितलाई अक्सिजनको चरम अभाव हुँदै गएको अवस्थामा अकल्पनीय घटना हुनसक्ने तर्फ सचेत बनाएको हो ।

‘अहिले असहज अवस्था भए पनि उपलब्ध सीमित साधनस्रोतको उच्चतम उपयोग गरी बिरामीहरुको उपचार सेवामा कुनै कमी नरहोस् भनी हामी प्रयत्नशील छौं । तर, पछिल्लो अवस्थामा कोभिडको संक्रमण बढेसँगै अस्पतालमा प्राणवायुको रूपमा रहेको अक्सिजनको अभाव चरम बन्दै गएको छ‚’ विज्ञप्तिमा भनिएको छ ।

राज्यको अनुदार नीतिले झन् समस्यालाई बल्झाएको भन्दै तोकिएको कोटाअनुसार अक्सिजनसमेत उपलब्ध हुन नसकेको अस्पतालले जनाएको छ ।‘ यो अवस्था यसैगरी जारी रहने हो भने अकल्पनीय घटना घट्न सक्ने अनुमान सहजै गर्न सकिन्छ । हामी आफ्नो कर्म प्रति समर्पित छौं । अक्सिजन लगायत अन्य उपचार सामग्री उपलब्ध भए सम्म बिरामीको उपचार सेवामा कुनै कमी हुन दिने छैनौ । साथै, स्थिति हाम्रो काबु बाहिर नजाओस् भनी हामी प्रयत्नशील छौं‚’ विज्ञप्तिमा उल्लेख गरिएको छ ।

 

प्रतिक्रिया