यी पाँच जिल्ला जहाँ छैन निषेधाज्ञा [सूचीसहित]
![यी पाँच जिल्ला जहाँ छैन निषेधाज्ञा [सूचीसहित]](https://www.makalukhabar.com/wp-content/uploads/2020/08/NishedhAagya_SbBhaatta_makalukhabar-26.jpg)
काठमाडौँ । देशभर कोभिड-१९ संक्रमण बढ्दो क्रममा रहेसँगै नियन्त्रणका लागि अधिकांश जिल्लाले निषेधाज्ञा जारी गरेको छ । वैशाख ७ गतेदेखि जारी हुन थालेको निषेधाज्ञा आजसम्म ७२ जिल्लामा पुगेको हो ।
सरकारले सङ्क्रामक रोग नियन्त्रण ऐन २०२० को उपदफा २ बमोजिम पहाडी र हिमाली जिल्लामा २०० र काठमाडौँ उपत्यका तथा तराईमा ५०० सक्रिय सङ्क्रमित रहेका जिल्लामा जिल्लाभर वा निश्चित क्षेत्र तोकी प्रमुख जिल्ला अधिकारीलाई निषेधाज्ञा वा अन्य आवश्यक आदेश जारी गर्न सक्ने अधिकार दिएको थियो ।
सोहीअनुसार प्रजिअहरुले जिल्लामा संक्रमणको अवस्था हेरेर निषेधाज्ञा जारी गर्ने गरेका हुन् । अब नेपालका पाँच जिल्लामा मात्र निषेधाज्ञा जारी गर्न बाँकी छ । निषेधाज्ञा जारी गर्न बाँकी रहेका मनाङ, मुस्ताङ, तेह्रथुम, खोटाङ र रुकुम पूर्व रहेका छन् ।
- यी हुन् निषेधाज्ञा जारी भएका जिल्ला :-
[wp-embedder-pack width=”100%” height=”400px” download=”all” download-text=”” attachment_id=”99977078433″ /]








