भारतीय पत्रकार रवीश कुमार कोरोनामुक्त, भन्छन्- ठिक छु भन्न पनि ठिक लाग्दैन

नयाँ दिल्ली । करिब एक महिनाको उपचारपछि भारतीय टिभी पत्रकार रवीश कुमार कोरोनामुक्त भएका छन् ।

कोरोना जितेर पुनः  ‘एनडीटीभी’ मा ‘प्राइम टाइम’ कार्यक्रम सञ्चालन गरेका रवीशले आफू ठिक भएर पनि ठिक छु भन्न मन नलागेको बताए ।

कोरोना जितेपछि प्रसारित सोमबारको पहिलो ‘प्राइम टाइम’मा रवीशले भने‚ ‘नमस्कार ! म रवीश कुमार । आशा छ तपाईं सबै ठीक हुनुहुछ । म भन्न सक्छु कि म ठीक छु । तर यस समयमा मानिस अक्सिजन नपाएर तड्पिएर मरे । आफू ठिक छु भन्न पनि ठिक लाग्दैन ।’

‘एनडीटीभी’ मा ‘हम लोग’, ‘रवीश की रिपोर्ट’, ‘देश की बात’, ‘प्राइम टाइम’ कार्यक्रमा देखिने रवीश सरकार विरोधी पत्रकारका रुपमा समेत चिनिन्छन् । भारतमा शिक्षित बेरोजगारका विषयमा आफूले सञ्चालन गरेको सिरिज नै सबैभन्दा लामो टिभी सिरिज भएको दाबी गर्ने पत्रकार रवीश कुमार ‘एनडीटीभी’मा ‘प्रबन्ध सम्पादक’ छन् ।

प्रतिक्रिया