खोप खरिदमा तथ्य बुझेर मात्र बोल्न स्वास्थ्यमन्त्रीको आग्रह

काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदयश त्रिपाठीले खोप खरिदका बारेका बोल्दा तथ्य बुझेर मात्र बोल्न नेताहरूलाई आग्रह गरेका छन् ।

उनले खोप खरिदमा कमिसन खाएको कुरा तथ्यहीन र आधारहीन भएको भन्दै यस्तो अनर्गल प्रचारप्रसार नगर्न सुझाव दिएका छन् । बोल्दा बुझेर मात्र बोल्न पनि उनले अनुरोध गरेका छन् ।

मंगलबार स्वास्थ्य मन्त्रालयले गरेको भर्चुअल पत्रकार सम्मेलनमा बोल्दै उनले कुनै तथ्यांक छैन भने बरु मन्त्रालयले सहयोग गर्न भएको तर झुठा र अनर्गल नबोल्नका आगि अनुरोध गरेका छन् ।

यतिबेला सरकारले कमिसन नदिएको र दिने अवस्थामा पनि नभएको उनले प्रष्ट पारेका छन् । मन्त्री त्रिपाठीले कसैले ४ डलरमा खोप उपलब्ध गराउँछ भने १ करोड खोप खरिद गर्नेसमेत बताए ।

प्रतिक्रिया