अक्सिजन अभावका कारण नेपाल मेडिकल कलेजका सम्पूर्ण सेवा बन्द

काठमाडौं । नेपाल मेडिकल कलेजले आज (मंगलबार) देखि आइसियू‚ इमर्जेन्सीलगायतका सम्पूर्ण सेवा बन्द गरेको छ ।

अक्सिजनको अभाव भएको भन्दै उपचार गर्न आउने बिरामीको उपचार गर्न असमर्थ रहने भएकाले सेवा बन्द गर्नुपरेको मेडिकल कलेजका मेडिकल डाइरेक्टर डा राजेश किशोर श्रेष्ठले बताए ।

हाल अस्पतालमा १३५ बिरामीमध्ये एक सय जना कोरोना संक्रमित र संक्रमितमध्ये पनि २४ जना सिकिस्त रहेको र तीमध्ये पनि १० जनालाई हाइफ्लो अक्सिजनमा राखेर उपचार गरिएको उनले जनाए । उनले पछिल्लो समय कोभिडका कारण सबै जनालाई अक्सिजन चाहिने गरेको भन्दै त्यसको सहज आपूर्ति हुन नसकेकाले सम्पूर्ण सेवा बन्द गर्नुपरेको बताए ।

उनले दुई/चार जना बाहेक अन्य सबैलाई शत प्रतिशतलाई २ लिटरदेखि १० लिटरसम्म आवश्यक रहेको बताएका छन् ।

अक्सिजनको अभावका कारण कोभिड र ननकोभिडका बिरामीलाई पनि उपचार नगर्ने उनले जनाए ।

प्रतिक्रिया