डिस्चार्ज हुँदै झलनाथ
२०७८ वैशाख २८ गते

काठमाडौं । कोभिड-१९ संक्रमण भएर नर्भिक अस्पतालमा उपचाररत् एमालेका वरिष्ठ नेता झलनाथ खनाल आज डिस्चार्ज हुँदैछन् । वैशाख १८ गते शनिबार अस्पतालमा भर्ना भएका उनलाई अक्सिजनको सपोर्टमा उपचार सुरु गरिएको थियो ।
भर्ना भएको भोलि पल्टदेखि नै उनलाई प्लाज्मा थेरापी विधिबाटसमेत उपचार गरिएको थियो । नर्भिकमा भर्ना भएपछि उनको स्वास्थ्य अवस्थामा क्रमिक रुपमा सुधार भइरहेको थियो । यही क्रममा २ दिनअघि स्वाब परीक्षण गरिएको र त्यसको रिपोर्ट नेगेटिभ आएको अस्पतालले जनाएको छ ।
चिकित्सकहरुको सल्लाहअनुसार उनी आजै डिस्चार्ज हुन लागेका हुन् । नेता खनालको उपचारमा नर्भिक अस्पतालका चिकित्सकहरु डा. जेपी जैसवाल र डा. बी श्रीवास्तव नेतृत्वको स्वास्थ्यकर्मीको टिम संलग्न थिए ।
२०७८ वैशाख २८ गते
प्रतिक्रिया
सम्बन्धित








