मध्यरातमा महन्थ: वैकल्पिक सरकार गठनमा लाग्दैनौं

काठमाडौँ । जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले नयाँ सरकार गठन आफ्नो पार्टीको प्राथमिकता नरहेको बताएका छन् । सोमबार राती विज्ञप्ति जारी गर्दै ठाकुरले जसपा सत्ता प्राप्तिभन्दा एजेण्डा सम्बोधनको विषयमा केन्द्रीत रहेको बताएका हुन् ।

केपी शर्मा ओलीले मधेश आन्दोलनले उठाएका मुद्दा सम्बोधन गरिरहेकाले गठबन्धनको पक्षमा उभिनु गलत उनको ठहर छ । ‘सरकार निर्माण गर्ने, सरकारमा सहभागी हुने वा कुनै पनि किसिमको वैकल्पिक सरकार गठनमा संलग्न हुने कार्य जसपा नेपालको उद्देश्यविपरीत हो,’ ठाकुरले भनेका छन् ।

प्रतिक्रिया