संसद अधिवेशन अन्त्य

काठमाडौं । मन्त्रिपरिषद्को बैठक सम्पन्न भएको छ । बैठकले प्रतिनिधि सभाको अधिवेशन अन्त्य गर्न राष्ट्रपति समक्ष सिफारिस गरेको छ । अधिवेशन आजै राति १२ बजेबाट अन्त्य हुँदैछ ।

अहिले साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले विश्वासको मत लिने प्रयोजनका लागि बोलाइएको अधिवेशन अन्त्य गर्न सिफारिस गरेको हो ।

प्रधानमन्त्री ओली आज विश्वासको मत लिन नसकेपछि स्वतः पदमुक्त भएका छन् । अब यसपछिको राजनीतिक दृश्य के हुन सक्छ भन्ने विषय चासोको विषय बनेको छ ।

प्रधानमन्त्री ओली भने मन्त्रिपरिषद् बैठक सम्पन्न गरेर राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शीतल निवास पुगेका छन् ।

प्रतिक्रिया