उद्धार उडानमा बढी भाडा नलिएको वायु सेवा सञ्चालकको दाबी

काठमाडौं । वायु सेवा सञ्चालक संघ नेपालले उद्धार उडानमा बढी भाडा नलिएको दाबी गरेको छ । कोभिड–१९ संक्रमित विरामीको उद्धारमा खटिएको हेलिकोप्टरहरुले बढी भाडा नलिएको संघका प्रवक्ता योगराज कँडेलले दाबी गरेका छन् । सेवा प्रदायकहरुले लिइरहेको भाडा र उडानलाई नियामक निकाय नागरिक उड्डयन प्राधिकरण र संघले समेत निगरानी गरिरहेकोको समेत उनको दाबी छ ।

कँडेलद्वारा जारी विज्ञप्तीमा भनिएको छ– ‘संघले ३ वर्षअघि नागरिक उड्डयन मन्त्रालयमा पेश गरेको भाडा दरमै अहिले पनि उडान गरिरहेको छ । एएस ३५० हेलिकोप्टरको भाडादर प्रतिघण्टा १ हजार ५ सय डलर र रोविन्सन्स हेलिकोप्टरहरुको भाडादर प्रतिघण्टा १ हजार डलरमै उडान गर्दै आएको छ ।’

आवश्यक स्वास्थ्य मापदण्डका उपकरणहरु पिपिईसेट, सेनिटाइजेशनलगायतमा पूरा गर्दा प्रतिउडान १ लाख ५० हजार रुपैयाँभन्दा बढी खर्च आउने गरेको समेत विज्ञप्तीमा दाबी गरिएको छ । संघले बढी भाडा लिएको थापा पाउने सेवाग्राहीले गुनासो गर्नुपरे निम्न नम्बरमा फोन गर्न समेत आग्रह गरेको छ ।

१. अल्टीच्युड एयर प्रालि (९८०१२४९९१७, ९८०१२४९९०७, ०१–४४८९३००)
२. कैलाश हेलिकप्टर प्रालि (९८५१०३००१३, ९८५११२९२५४, ०१–५९००५०१)
३. मनाङ्ग एयर प्रालि (९८०११८०४६२, ९८०११८०४६३, ०१–४४८८०१६)
४. श्री एयरलाईन्स प्रालि (९८५१०२६१९७, ९८०२३०००२३, ९८५१०१२५०५)
५. सिम्रिक एयर प्रालि (९८५१०१०६९६, ९८५१०१०६९८, ०१–४१५५३४०)

प्रतिक्रिया