‘मत दिनुस्, संसद् विघटन हुँदैन’

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पुनः संसद् विघटनको संकेत गरेका छन् । सोमवार बसेको प्रतिनिधि सभाको बैठकमा सांसदहरुले उठाएका सवालको जवाफ दिँदै प्रधानमन्त्रीले पुनः विघटनको संकेत गरेका हुन् । प्रधानमन्त्री ओलीले भने– ‘कोही मित्रलाई पुनः संसद् विघटनको चिन्ता छ । ए बाबा विश्वासको मत दिनुस् न । कसरी हुन्छ संसद् विघटन ?’

यस्तै प्रधानमन्त्री ओलीले कसैलाई पनि मिथ्या राजनीति नगर्न आग्रह गरेका छन् । ‘यहाँ मिथ्या आरोप लगाएर हुँदैन,’ प्रधानमन्त्री ओलीले भने– ‘अबको जमानामा मिथ्या आरोप आरोप लगाएर हुँदैन, मिथ्या राजनीति गरेर हुँदैन ।’

देशको आवश्यक्ता र संसदीय गणितबीच धेरै कुराहरु फरक रहेको पनि प्रधानमन्त्री ओलीको भनाइ छ । प्रधानमन्त्री ओलीले आजकै संसद् बैठकबाट विश्वासको मत लिँदैछन् ।

प्रतिक्रिया