अलोकतान्त्रिक कदम चाल्ने सरकारलाई मत दिन्नौँ : जनमोर्चा

काठमाडौं । राष्ट्रिय जनमोर्चाकी सांसद दुर्गा पौडेलले बताएकी छन् । सोमवार बसेको प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद पौडेलले यस्तो बताएकी हुन् । ‘वर्तमान सरकारले अप्रजातान्त्रिक र अलोकतान्त्रिक कदम चालेको छ,’ सांसद पौडेलले भनिन्– ‘यस्तो सरकारलाई समर्थन नगर्न जनमोर्चाको अपिल पनि छ । जनमोर्चाले विश्वासको मत दिँदैन ।’

यस्तै सांसद पौडेलले सामूहिक हितका लागि व्यक्तिगत स्वार्थ त्याग्नुपर्नेसमेत बताइन् । स्वास्थ्यजस्तो कुरामा भ्रष्टाचार मौलाएको उल्लेख गरेकी सांसद पौडेलले भनिन्– ‘आज स्वास्थ्यजस्तो क्षेत्रमा भ्रष्टाचार भएको छ । यो सह्य कुरा होइन । म जनताको तर्फबाट प्रश्न सोध्न चाहन्छु, किन यस्तो भएको हो ?’

प्रधानमन्त्री केपी शर्मा ओलीले आजको बैठकबाट विश्वासको मत लिँदैछन् । संसदीय गणितकालाई हेर्दा प्रधानमन्त्रीले विश्वासको मत लिने सम्भावना न्यून छ ।

प्रतिक्रिया