नेप्से २७ अंकले बढ्दा पनि कारोबार रकम ४ अर्ब मात्रै

काठमाडौं । नेपालको सेयर बजार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक २७.४१ अंकले बढेको छ । पहिलो दिन आइतबार १८ अंकले घटेको थियो । सोमबारको कारोबारपछि परिसूचक २६४५.८४ बिन्दुमा पुगेको छ ।

यस दिन परिसूचक बढेको भए पनि कारोबार रकम भने घटेको छ । यस दिन ४ अर्ब २० करोड ३८ लाख ३२ हजारमा २ सय १८ कम्पनीका ७५ लाख ७८ हजार कित्ता सेयर किनबेच भएको छ ।

जबकी आइतबार १८ अंकले बजार घट्दा पनि कारोबार रकम भने ६ अर्ब भन्दा बढि भएको थियो ।
सोमबार सबै कम्पनीका समूहगत सूचक हरिया भएका छन् ।

सबै भन्दा बढी कमाउनेमा राष्ट्रिय बीमा कम्पनी, समता घरेलु लघुवित्त र रुरु जलविद्युत् आयोजनाको सेयर मूल्य ९ प्रतिशतभन्दा बढिले बढेको छ ।

प्रतिक्रिया