उपेन्द्रको प्रश्न– ‘जनताको जीवनमाथि खेलवाड गर्ने सरकारलाई कसले विश्वास गर्छ ?’

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवले जनताको जीवनमाथि खेलवाड गर्ने सरकारमाथि कसैले पनि विश्वास नगर्ने बताएका छन् । सोमवार बसेको प्रतिनिधि सभाको बैठकमा बोल्दै अध्यक्ष यादवले यस्तो बताएका हुन् । ‘यतिबेला जनताको जीवनमाथि ठूलो खेलवाड भएको छ,’ अध्यक्ष यादवले भने– ‘यस्तो सरकारलाई कसले विश्वास गर्छ ?’

यस्तै अध्यक्ष यादवले प्रधानमन्त्री ओलीलाई आफैंले विघटन गरेको संसद्बाट विश्वासको मत लिने अधिकार नभएको बताए । ‘प्रधानमन्त्रीज्यू, तपाईं आफैंले विघटन गर्नुभएको संसद्बाट विश्वासको मत कसरी माग्नुभएको ? तपाईंसँग अब त्यो नैतिकता रह्यो र ?’

जनताको जीवनमाथि खेलवाड गर्ने सरकारमाथि कसैले विश्वास गर्न नसक्ने अध्यक्ष यादवको भनाइ छ । प्रधानमन्त्री ओलीले आजको बैठकबाट विश्वासको मत लिँदैछन् । संसदीय गणितलाई हेर्ने हो भने ओलीले विश्वासको मत लिने सम्भावना न्यून छ ।

प्रतिक्रिया