प्रचण्डले ओलीलाई भने- तपाईं मनमा एउटा तर मुखमा अर्कै कुरा देखाउन सक्ने मानिस हुनुहुँदो रहेछ

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओली मनमा एउटा कुरा तर मुखमा अर्कै कुरा व्यक्त गर्न सक्ने मान्छे भएको बताएका छन् ।

प्रतिनिधिसभाको बैठकमा सम्बोधन गर्दै प्रचण्डले आफूले सधैं सहयोग गरेपनि प्रधानमन्त्री ओलीले त्यसलाई आत्मसाथ गर्नुको साटो उल्टै आरोपित गर्ने गरेकोमा असन्तुष्टि जनाए ।

मैले तपाईंलाई कहिले कहाँनेर असहयोग गरें, जवाफ दिन सक्नुहुन्छ ? प्रचण्डले प्रधानमन्त्री ओलीलाई सोधे‚ ‘के मैले बाम एकताको कुरा गर्दा, तपाईंलाई प्रधानमन्त्री प्रस्तावित गर्नु मेरो असहयोग थियो ?’

‘मजस्तो सरल, भावुक र मनमा जे छ व्यवहारमा पनि त्यहि काम गर्ने व्यक्तिलाई तपाईंले सहयोगीका रुपमा लिनसक्नुभएन‚’ प्रचण्डले भने‚ ‘तपाईं र मबीच एउटा भिन्नता रहेछ‚ मेरोचाहिँ मनमा जे छ मुखमा पनि र अनुहारमा पनि त्यहि झल्किने रहेछ । तपाईंचाहिँ मुखमा अर्कै कुरा गर्न सक्ने व्यक्ति हुनुहुँदो रहेछ ।’

‘आलोपालो प्रधानमन्त्रीको प्रतिबद्धता कसले तोडेको हो ? त्यो कायम रहिरहेको भए अहिले देश कहाँ पुग्ने थियो ?’ प्रचण्डको प्रश्न थियो ।

प्रतिक्रिया