संसद्बाटै कांग्रेसले भन्यो– ‘धारा ७६ को २ बमोजिम अघि बढौँ’

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले नयाँ सरकार गठनको लागि पहल थाल्नुपर्ने बताएका छन् । सोमवार बसेको प्रतिनिधि सभा बैठकलाई सम्बोधन गर्दै सभापति शेरबहादुर देउवाले यस्तो बताएका हुन् । देउवाले भने– ‘प्रधानमन्त्रीले विश्वासको मत लिने अवस्था छैन । त्यसैले नेपालको संविधानको धारा ७६ को २ बमोजिम अघि बढ्नुपर्छ ।’

नेपालको संविधानको धारा ७६ को २ मा भनिएको छ– ‘उपधारा १ बमोजिम प्रतिनिधि सभामा कुनै पनि दलको स्पष्ट बहुमत नभएको खण्डमा प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलहरुको समर्थनमा बहुमत प्राप्त गर्नसक्ने प्रतिनिधि सभाको सदस्यलाई राष्ट्रपतिले प्रधानमन्त्री नियुक्ति गर्छन् ।’

प्रधानमन्त्री ओलीले आजको बैठकबाटै विश्वासको मत लिँदैछन् ।

प्रतिक्रिया