नेपमेड्स अनलाइन फार्मेसी संचालनमा, ग्राहक लाभान्वित हुँदै

काठमाडौं । विराटनगरमा नेपमेड्स अनलाइन फार्मेसी संचालनमा आएपछि घरबाटै औषधिलगायतका सामग्री अर्डर गर्नेको संख्या बढेको छ ।
कोरोना भाइरसको त्रास साथै सहज तरिकाले औषधिलगायतको सामग्री प्रविधिको प्रयोगबाट उपलब्ध भएपछि अनलाइन ग्राहकको संख्या बढेको फार्मेसीले जनाएको छ ।
दैनिक विराटनगरलगायत इटहरी, रंगेली, इनरुवासम्म अनलाइनमार्फत्बाट औषधिको अर्डर गर्नेको संख्या बढ्दै गएको जनाएको छ ।
विराटनगरलगायतका पूर्वका विभिन्न शहरमा नेपमेड्सका अनलाइन औषधिलगायतको सामग्री खरिद गर्ने ग्राहकको संख्या बढेको संचालकको भनाइ छ ।
नेपमेड्सले डाक्टरद्वारा दिइएको औषधिको प्रेक्रिप्सनलाई फोटो खिचेर नेपमेड्सको मोबाइल एप्समार्फत् पठाएपछि घरमा नै औषधी पुर्याउने सुविधासहित संचालनमा आएको जनाएको छ ।
१० हजारभन्दा बढी औषधि तथा औषधिजन्य सामग्रीहरू साथै ४ सय बढी औषधि उत्पादक लिएर नेपमेड्स नेपाली बजारमा आएको बताइएको छ ।









