झलनाथ खनाल कोभिड संक्रमणमुक्त
२०७८ वैशाख २७ गते

फाइल तस्बिर
काठमाडौँ । नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनाल कोभिड-१९ सङ्क्रमणमुक्त भएका छन् । नर्भिक इन्टरनेशल अस्पतालमा सङ्क्रमित भई उपचाररत खनाल आइतबार साँझ सङ्क्रमणमुक्त भएका हुन् ।
उनका स्वकीय सचिव कृष्ण भट्टराईले पिसिआर परीक्षण गर्दा खनालमा सङ्क्रमण नदेखिएको बताए । सङ्क्रमणमुक्त भए पनि केही दिन चिकित्सकको सल्लाहमा नेता खनाल अस्पतालमै रहनेछन् ।
सङ्क्रमति भएपछि यही वैशाख १८ गते अस्पतालमा भर्ना भएका पूर्वप्रधानमन्त्री खनालको स्वास्थ्य सुधारोन्मुख रहेको स्वकीय सचिव भट्टराईले जानकारी दिए । रासस
२०७८ वैशाख २७ गते
प्रतिक्रिया
सम्बन्धित








