राप्रपा नेता तथा सांसद लिङ्देनलाई दोस्रोपटक कोरोना

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता तथा प्रतिनिधि सभा सदस्य राजेन्द्र लिङ्देनलाई पुनः कोरोना संक्रमण भएको छ । उनी अहिले झापा गोल्धापमा रहेको घरमै आइसोलेसनमा बसेका छन् ।

अहिले आफ्नो स्वास्थ्य अवस्था सामान्य रहेको र कुनै लक्षण नदेखिएको उनले बताए । उनले कोरोना खोपको दुवै डोज पनि लगाएको लिङ्देनले जानकारी दिए ।

उनी गतवर्ष यसअघि पनि कोभिड संक्रमण भएर सिकिस्त बनेका थिए । उनको झापाको बिएण्डसी र काठमाडौंको मेडिसिटी अस्पतालमा उपचार भएको थियो ।

प्रतिक्रिया