कोरोनाको पहिलो लहरमा खिचिएका हृदयविदारक तस्बिर र खिच्दाको कथा (तस्बिरहरू)
एउटा कहालीलाग्दो दृश्य थियो त्यो, ९२ वर्षीय वृद्ध सास फेर्न सकिरहेका थिएनन् । उनको शरीरमा अक्सिजनको मात्रा घट्दै थियो । उनी जीवन र मरणको दोसाँधमा थिए । ती वृद्धलाई न्युयोर्कमा रहेको उनकै घरमा राख्न चाहन्थे चिकित्सक ।
अप्रिल महिना, कोरोनाको सुरुवाती चरण थियो । ती वृद्धमा कोरोनाका सम्पूर्ण लक्षण देखिँदै थिए । ‘त्यहाँ जम्मा भएका उनका आफन्तले ती वृद्धलाई उपचारको प्रक्रिया अघि बढाउन र त्यही क्रममा त्यहीँ बसेर मलाई फोटो खिच्नसमेत अनुमति दिए’ गेटी इमेजेजका फोटोग्राफर, जोन मुरे सम्झन्छन् ।
चिकित्सकहरू झैं ‘व्यक्तिगत सुरक्षा कवच’ पीपीई लगाएका फोटोग्राफर मुरेले त्यो डरलाग्दो हर एक अवस्थाका क्षणहरू क्यामेरामा कैद गर्ने कोशिस गर्दै थिए । दूर्भाग्यवश! यसको अन्त्य भने सुखद् रहेन । केही हप्तापछि ती वृद्धको निधन सोही अस्पतालको आईसीयूमै भएको खबर मुरेले सुने ।
स्टाम्फोर्डको कनेक्टिकटमा रहँदा मुरेले महामारीग्रस्त जीवनहरू आफ्नो क्यामेरामा कैद गर्ने क्रममा इमर्जन्सी मेडिकल वर्कर्ससँग केही समय बिताएका थिए । त्यतिबेला, महामारीको सुरुवाती चरणमा पनि स्वास्थ्यकर्मी घण्टौंसम्म बसेर काम गर्ने गर्थे ।
‘सन् २००१ मा इस्लामिक आतंकवादी समूह अल कायदाले अमेरिकाको ट्विन्स टावरमा गरेको एयरलायन्स हाइज्याकिङ र सुसाइड आक्रमणमा अमेरिकी फायरफाइटरहरूले जसरी आफ्नो कौशल देखाएका थिए, त्यसरी नै अहिलेको कोभिडकालमा स्वास्थ्यकर्मीले आफूले ज्यानको माया मारेर पनि अरुको सेवा गरिरहेका छन् । एउटा फोटो पत्रकारको भएको नाताले उनीहरूले गरेको कामलाई हौसला प्रदान गर्नुपर्छ जस्तो लाग्छ,’ मुरेले भने । (नाइन इलाभेन भन्नाले अमेरिकाको ट्वीन्स टावरमा भएको आतंकवादी हमलाको घटना हो)
कोरोना महामारी दोस्रो वर्षमा पनि यत्तिकै लम्बिएसँगै, हामीले अघिल्लो वर्ष विश्वभर खिचिएका सम्झनलायक तस्वीरहरू संकलन गरेका छौं । यी तस्वीरमा हामी दुःख, पीडा र नाराशामात्र देख्दैनौँ, साहस, आशा र दृढता पनि सँगै देख्छौं ।
‘मैंले यो तस्वीर कोरोना भाइरस भन्ने के हो भन्नेबारे यकीन भइनसकेको शुरुवाती समयमा लिएको थिएँ,’ फोटोग्राफर केभिन फ्राएरले भने । त्यस समय अधिकांश मानिस चीन छाड्दै थिए । म पनि विमानस्थल पुगेँ, त्यसबेला पूरै विमानस्थल चिन्ता र डरले भरिएको थियो । मास्क (मुखौटो) र सुरक्षाका साधन पाउन धौधौ परिरहेको थियो । मानिसले प्लास्टिकका कृत्रिम फेस सिल्ड र स्की चस्मा लगाइरहेका थिए । त्यो दृश्य देख्दा म अक्क न बक्क भएको थिएँ ।’
विमानस्थलको सुरक्षा क्षेत्र पार गर्न पालो कुरिरहेको यो परिवारको टाउकोदेखि मुखसम्म पानीको बोतल काटेर लगाइएको कृत्रिम मास्क थियो । त्योबेला मैले यो परिवारलाई आफ्नो फ्रेममा कैद गरेको थिएँ । यो एउटा आनौठो दृश्य थियो । उनीहरूका अभिभावक आफ्ना बच्चा जोगाउन सकेजति गरिरहेका थिए ।
त्यसबेला कोरोना नियन्त्रण गर्न नसकेका ब्राजिलका राष्ट्रपति जैर बोल्सनारोविरुद्ध ब्राजिलका धेरै नागरिक विरोधमा उत्रँदै थिए । आफ्ना झ्यालबाट भाँडाकुँडा बजाएर धेरै मानिसले राष्ट्रपतिको विरोधसमेत गरे ।
‘दुई हजारभन्दा बढी मान्छे बसोबास गर्ने साओ पाओलोको कोपन भवन त्यहाँको सांस्कृतिक तथा पर्यटकीय प्रतिक हो,’ फोटोग्राफर भिक्टर मोरियमाले भने, ‘म साथीको घर गएको थिएँ । त्यहाँबाट कोपन भवन प्रष्टै देखिन्थ्यो । करिब आठ बजेतिर सरकारको विरोध सुरू हुनै लाग्दा म फोटो लिन तयार भएँ । विरोधमा बजाइएका भाँडाकुँडाको आवाज अत्यन्तै चर्को सुनिएको थियो ।’
२०२० को मार्चमा लोरी स्पेन्सर आफ्नी ८१ वर्षीया आमा जुडी शेपेलाई भेट्न लाईफ केयर सेन्टरमा पुग्छिन् । वासिङ्टनमा रहेको यो नर्सिङ होम त्यसबेला अमेरिकामा कोरोना महामारीको केन्द्रबिन्दु बनेको थियो । शेपे कोरोना पोजिटिभमध्येकी एक थिइन् । उनी पछि कोरोनामुक्तसमेत भइन् ।
‘लाइफ केयर सेन्टरबाट देशभरी फैलिएको कोभिड-१९ को समाचार तयार गर्ने क्रममा मैले के महशुस गरेँ भने- आफ्ना हितैसी आफन्त र आफूजत्तिकै माया गर्नेहरूदेखि एक्लिएर मर्नुको पिडा वास्तवमै हृदय विदारक हुने रहेछ,’ रोयटर्सका फोटोग्राफर जेस्वन रेडमन्डले भने, ‘त्यसबेला सेपे, उनकी छोरी लोरी स्पेन्सर र उनका श्रीमान् माइकल स्पेन्सरको साहस देखेर म साँच्चै उत्प्रेरित भएको थिएँ । एक अर्काप्रतिको उनीहरूको समर्पण र सहयोगले म धेरै प्रभावित भएँ । यो विषम परिस्थितिको यात्रामा सेपेलगायत अरू संक्रमितहरुले देखाएको हिम्मत र उनीहरूको कथा समेट्न दिएकोमा उनीहरूप्रति म सदैव कृतज्ञ रहनेछु ।’
‘लकडाउन हुने हल्ला चलेको दुई दिनपछि बेलायतमा सरकारले सबै नागरिकलाई घरमा बस्न निर्देशन दियो,’ फोटोग्राफर पिटर सेजीबोरा सम्झिन्छन्, ‘धेरै मानिसमा त्रास व्याप्त थियो । मैले सुपरमार्केट र किराना पसल खाली हुँदै गएको कथा सुनेको थिएँ, तर यथार्थमा स्थिति धेरै नाजुक रहेछ ।’
‘म सेन्सबरिज पसल पुरै खाली थियो । ग्राहकहरू बिनासामान खाली ट्रे गुडाउँदै थिए । यस्तो अवस्था साँच्चै नै अकल्पनीय र विश्वास गर्नै नसकिने खालको थियो‚’ उनले भने ।
टाउनशिपमा आफ्नो कारबाटै जन्मदिनको शूभकामना दिए । यो ‘ड्राइभ-बाई बर्थ डे सेलेब्रेसन’ भौतिक दूरी कायम राख्ने उद्देश्यले गरिएको थियो ।
‘मार्चको अन्तिम हप्ता सबैलाई मिसिगनस्थित घरमै बस्ने निर्देशन जारी गरिएको थियो । बिस्तारै हामीले सामाजिक दूरी कायम गरेर अन्तरक्रिया गर्न थालेका थियौं,’ फोटोग्राफर एमिली एल्कोनिनले भनिन्, ‘मैंले देखिरहेका यी सबै दृश्य मेरा लागि बिल्कुलै नौला र अनौठो थिए । यस्ता भयावह दृश्य मेरो मानसपटलले सजिलै ग्रहण गर्न मानिरहेको थिएन ।’
त्यसबेला मैले आफैंलाई सोधेको थिएँ– अब यो कति लामो समयसम्म जाला ? भर्जिनियामा एक महिना बसेर मिसिगन आएको एक हप्ता हुँदै थियो । तर आफूले वर्षौं बिताएको यो ठाउँ मलाई पहिलाको भन्दा नौलो अनि फरक लाग्यो । त्यसपछि मलाई सोच्नलाई एक क्षण पनि लागेन की अबको विश्वले यी सबै कुराहरू सिक्नुपर्नेछ र नयाँ पद्धति अपनाउनुपर्नेछ । वा भनौं, यी र यस्तै यावत कुराहरू हरेक दिन हामीले सामना गर्नुपर्ने कुराको एउटा सानो स्वरूप मात्र हुनेछन् ।
‘जब यो भयाभह अवस्थाको बारेमा बुझें, विश्वमा के हुँदैछ भन्ने कुराको सचेतना अन्य देशमा फैलाउनकै लागि भएपनि मैंले अस्पतालभित्र अनुभव गरेका पलहरू आफ्ना फ्रेममा कैद गर्न सुरू गरें,’ मिरण्डाले भनिन्, ‘मलाई विश्वास छ, मैंले लिएको तस्वीर शायद आइसियूबाट बाहिर आएको पहिलो तस्वीर हो ।’
‘ती पलहरू सम्झिँदा मन दुख्छ,’ उनले भनिन्, ‘एक वर्ष बितिसक्दा पनि स्थिति उस्तै खराब भएकोमा म एकदमै निराश र आक्रोशित छु ।’
‘जब म यो झ्यालबाट गाउँछु, मलाई ओपेरामा गाएको भन्दा बलियो अनुभव हुन्छ किनभने म यहाँ कुनै भूमिका निर्वाह गरिरहेको हुन्न । म बिल्कुल आफू हुन पाएको छु,’ स्टेफेनले रोयटर्ससँग भने ।
इन्डोनेसियाको सरकारले कोरोनाबाट मृत्यु भएका शवलाई तत्काल प्लास्टिकले बेरेर गाड्ने प्रावधान बनाएको छ ।
‘नेसनल जिओग्राफिकले प्रकाशन गरेको केही समयमै यो तस्वीर विश्वभर भाइरल बनेको थियो,’ फोटोग्राफर जोसस्वा इरवाण्डीले भने, ‘धेरैले यसलाई देखे र यो डर फैलाउन गरेको षडयन्त्रको रुपमा समेत लिए ।’
‘फेसबुक, ट्वीटर र इन्स्टाग्राममा आएका टिप्पणीहरू हेर्दा महामारीलाई लिएर मानिसको ध्रुवीकरण प्रष्ट देख्न सकिन्थ्यो । सुरुमा मानिसले ‘स्टे होम’ भन्दै आफ्ना सामाजिक सञ्जाल भरेका थिए । धेरैले स्टे होम अभियानलाई सहयोग पनि गरे । तर समाजिक अवरोध र खस्कँदो अर्थतन्त्रले गर्दा बिस्तारै मानिसको मनोवृत्ति फेरिँदै गयो,’ उनले भनिन् ।
‘त्यसबेला विश्वभरका पर्यटक पुग्ने न्यूयोर्क सुनसान थियो । पर्यटक न्युयोर्कबाट हटेसँगै न्युयोर्कको प्रसिद्ध क्षेत्र टाइम्स स्क्वायर शान्त थियो । सबै न्युयोर्कबासी आफ्नै घरभित्र थिए,’ एन्ड्रू केली सम्झन्छन्, ‘यस्तो लाग्थ्यो की त्यहाँ बाँकी भएका केही मानिस साइट हेर्नमात्र आएका हुन् र अब हामी नै पृथ्वीमा रहेका अन्तिम मानिसहरू हौं ।’
‘यसले आफ्नो जीवनकालमा एकपटक पाइने दुर्लभ सटहरू लिन आकर्षित गरायो । बाटो खाली भएको हुँदा केही मानिसहरू बाटोको बिचमा उभिएर फोटो खिच्थे ।’
यत्तिकैमा मैले यशले बाटोमा छिर्दै गरेको देखें । न्यूयोर्ककै फोटोग्राफर साथी लोरा किम्मेलसँग आर्ट प्रोजेक्ट गर्दै उनी नाच्न थालिन् । यी जोडीले धेरै आइकोनिक स्पटमा आफ्नो प्रस्तुति दिइरहेका थिए । धेरै मानिस यशले नाचेको फोटो लिन वरिपरि झुम्मिरहेका थिए । (सीएनएनबाट)